घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु : मन्त्री किराँती « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु : मन्त्री किराँती


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किराँतीले सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताए ।

उनले भने, ‘पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु ।’

उनले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् । उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए ।

सम्बन्धित समाचार-महाप्रबन्धकले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै घुस मागेपछि कारबाही गरियो : पर्यटन मन्त्री

सम्बन्धित समाचार : त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बन

Tags :
प्रतिक्रिया दिनुहोस