महरा नेतृत्वको वार्ता टोलीद्वारा ५ पार्टीसँग संवाद, पार्टी एकताको तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महरा नेतृत्वको वार्ता टोलीद्वारा ५ पार्टीसँग संवाद, पार्टी एकताको तयारी 


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोलीले ५ पार्टीसँग संवाद गरेको छ । गत पुस २३ गतेको पदाधिकारी बैठकले महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोली सदस्यमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत छन् । 

महरा नेतृत्वको वार्ता टोलीले निरन्तर संवाद जारी राखेको वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले बताए । तर, पार्टी एकता गर्नेगरी फाइनल कुनै शक्तिसँग भई नसकेको पोखरेलले बताए ।

वार्ता समितिले निरन्तर संवाद गरी रहेकाले कतिपय पार्टीसँग एकता हुनेगरी निर्णय हुने बताए । वार्ता समितिले एमाले बाहेकका शक्तिसँग एकता गरेर वामपन्थी ध्रुवीकरण गर्न थालिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस