सुदूरपश्चिममा शाहीलाई मन्त्री बनाउने नेकपा एसको तयारी   « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिममा शाहीलाई मन्त्री बनाउने नेकपा एसको तयारी  


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने भएको छ ।

बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए ।

उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा योनियताको शपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । तर मुख्यमन्त्री शाह आजै विभाग तोक्ने वा बिना विभागीय मन्त्री बनाउने भन्ने छलफलमा छन् ।

नेपाली काँग्रेसले भने मन्त्रीबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको छ । केहीबेरमा प्रदेशसभा संसदीय दलको कार्यालयमा बस्ने बैठकले मन्त्रीको नाम टुङ्गो लगाउने एक सांसदले जानकारी दिए ।

उनका अनुसार प्रकाशबहादुर देउवालाई मन्त्री बनाउने निर्णय हुने सम्भावना छ । तत्काल काँग्रेसले एक जनालाई मात्र सरकारमा पठाउने तयारी गरेको छ ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिदैछन् । लगत्तै दुई जना मन्त्रीले पनि शपथ लिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस