विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो : समीक्षा बास्कोटा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो : समीक्षा बास्कोटा


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झापड भएको बताएकी छन् ।

शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टकटक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताइन् ।

स्थानीय चुनावमा नराम्रो हार व्यवहारेपछि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका थिए । झण्डै तीन महिना नेतृत्वविहीन भएको विवेकशील साझामा बास्कोटा अध्यक्ष बनिन् । त्यही बेला आफूले पार्टी जोगाउने र ६ महिनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखेको उनले सुनाइन् । ‘पार्टी नै सकाएर राप्रपा करण गर्न खोजिएको थियो’, उनले भनिन्, ‘२ लाख १२ हजार मतलाई झरेर तल भयौँ होला, तर पार्टी जोगायौँ ।’

प्रतिबद्धताअनुसार ६ महिनाभित्र महाधिवेशन गर्न पनि सफल भएको भन्दै उनले यो पूर्व अध्यक्ष मिश्रका लागि ठूलो झापड भएको बताइन् । ‘हारिसकेको मान्छेलाई किन हराउने रु काम गरेर देखाऊँ, यो नै उहाँका लागि झपड हुन्छ,’ अध्यक्ष बास्कोटाले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस