शुभम् पावरको आइपीओ बाँडफाँट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शुभम् पावरको आइपीओ बाँडफाँट


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । शुभम् पावर लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीले आज माघ २७ गते शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी आइपीओ बाँडफाँट गरेको हो।

यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत सेयर हात पारेका छन्। जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्।

आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १०५ अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ।

यस्तै, ५५ अर्थात् २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ११ हजार ६१० कित्ता कर्मचारीहरूलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस