राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा विष्ट सर्वसम्मत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा विष्ट सर्वसम्मत


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् ।

बिहीबार धनगढीमा बसेको रास्वपाको प्रदेश विस्तारित बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

बिहीबार पार्टीका महामन्त्री मुकुल ढकालबाट पद तथा गोपनीयताको शपथ लिएका विष्टले ४३ सदस्यीय प्रदेश समितिसमेत विस्तार गरेका छन् ।

पार्टीको प्रदेश महामन्त्रीमा भोजराज जोशी चयन भएका छन् भने उपसभापति र सहमहामन्त्री चयन गर्न बाँकी छ । ४६ सदस्यीय प्रदेश समितिमा ३ जना सदस्य मनोनीत गर्न बाँकी रहेको रास्वपाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस