माओवादीले हटायो केन्द्रीय सदस्यको सूचीबाट एमालेका नेता र उर्मिला अर्यालको नाम  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादीले हटायो केन्द्रीय सदस्यको सूचीबाट एमालेका नेता र उर्मिला अर्यालको नाम 


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्यको नाम सूचीबाट हटाएको छ । एमालेमा प्रवेश गरिसकेका चितवनका यमबहादुर परियार र राष्ट्रियसभा उपाध्यक्ष चयन भएकी उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय समिति सदस्यको सूचीबाट हटाएको छ । 

बिहीबार माओवादी केन्द्रको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकमा महासचिव देव गुरुङले दुबै जनाको नाम सूचीबाट हटाइएको जनकारी दिए । ‘फरक पार्टीमा गएकाको नाम भुलवस पर्न गएको देखियो’, गुरुङले भने, ‘कतिपय साथीहरू छुटेको देखिएको छ । यो संख्या नबढ्ने गरी सो ठाउँमा साथीहरूलाई समेटिन्छ ।’

माओवादीले हालै सम्पन्न स्थायी कमिटी बैठकबाट केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको थियो । माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् ।  यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस