खाग कारोबारीसहित १५ जना पक्राउ, सार्वजनिक गर्दै सीआईबी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खाग कारोबारीसहित १५ जना पक्राउ, सार्वजनिक गर्दै सीआईबी


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडा मार्नेदेखि खागको कारोबारसम्म जोडिएका १५ जनालाई पक्राउ गरेको छ ।

सीआईबीले गत महिना चाबहिलको सरस्वतीनगरबाट खागसहित दुईजनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्ने सम्मको पहिचान खुलेपछि सीआईबीले पूरै गिरोहलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई बिहीबार सार्वजनिक गर्ने सीआईबीको तयारी छ । पक्राउ पर्नेमा धेरै चितवनका रहेका छन् ।

‘खाग बरामद भएको घटनामा गैँडा मार्ने व्यक्ति नै पक्राउ परेको यो सम्भवत पहिलो घटना हो’, सीआईबीका उच्च अधिकारीका भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस