परराष्ट्र मन्त्री पौड्याल र साउदी राजूतबीच भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

परराष्ट्र मन्त्री पौड्याल र साउदी राजूतबीच भेटवार्ता


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । परराष्ट्र मन्त्री विमला राई पौड्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा परराष्ट्र मन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबिया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिइन् ।

यस अवसरमा मन्त्री पौड्यालले साउदी अरेबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।

मन्त्रीको सचिवालयको अनुसार भेटमा राजदूत हैमेदले साउदी अरबीयाको प्रगतिमा नेपाली श्रमिकको ठुलो योगदान रहेको उल्लेख गरे ।

उनले आफ्नो देशमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरू लैजाने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस