विभागद्वारा क्युरेक्स फार्माको ओडीटी सिरप बिक्रीमा रोक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विभागद्वारा क्युरेक्स फार्माको ओडीटी सिरप बिक्रीमा रोक


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । औषध व्यवस्था विभागले क्युरेक्स फार्मास्युटिकल्स प्रालि काभ्रेबाट उत्पादित ओडीटी सिरसपको एउटा ब्याच बिक्री–वितरणमा रोक लगाएको छ ।

अन्डेनसेट्रोन सिरप (५ एमएल) र अन्डेनसेट्रोन हाइड्रोक्लोराइड (४ एमजी) को ब्याच नम्बर एलओडी–०१९ को बिक्री–वितरण तथा प्रयोगमा रोक लगाइएको हो । यो बालबालिकामा बान्ता हुन नदिन प्रयोग गरिने ओरल औषधि हो ।

ती औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका क्रममा न्यून गुणस्तरको देखिएकाले बजारबाट तुरुन्त फिर्ता लैजान विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।

क्युरेक्स फार्माबाट उत्पादित भिटामिनजन्य औषधिका तीन ब्याच न्यून गुणस्तरीय देखिएपछि यसअघि पनि विभागले ती ब्याचका औषधि बिक्रीमा रोक लगाएको थियो ।

यस्तै, न्यून गुणस्तर भेटिएकै कारण क्युरेक्सबाट उत्पादित एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम)को बिक्री-वितरणको प्रमाणपत्र रद्द गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस