फाल्गुनमा भीमवीरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फाल्गुनमा भीमवीरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने


२६ माघ २०७९, बिहिबार


गोरखा । गोरखाको शहिद लखन गाउँपालिकाको नाम्जुङ्गमा भीमवीरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ।

प्रथम प्रधानमन्त्री भीमसेन थापाले निर्माण गरेको बुङ्कोटघाटमा रहेको भीमवीरेश्वर मन्दिरमा ज्ञान महायज्ञ हुने भएको हो।

फाल्गुन २३ देखि ३० गतेसम्म हुने महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले पुराण वाचन गर्ने छन्। भीमसेन थापाद्वारा स्थापना भएको श्री भीमवीरेश्वर महादेव मन्दिरको पुन स्थापनाको लागि उक्त महायज्ञ गर्न लागिएको आयोजकका सदस्य रमेश लामिछानेले जानकारी दिएका छन् ।

बुढिगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने भएकाले उक्त मन्दिर अन्यत्र सार्ने तयारी गरिएको छ। मन्दिरको स्थानान्तरण तथा पुन स्थापना गर्ने उद्देश्य अनुरूप आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरिएको महायज्ञका संयोजक सुरेन्द्र थापाले बताए ।

उक्त आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा सांस्कृतिक, झाँकी यहाँका भेषभुषा तथा पुरात्त्विक महत्त्व र श्री भीमवीरेश्वर महादेवको महत्त्व लगायतका विषयलाई प्रस्तुत तथा पुनर्जागरण गराउने र हरेक दिन ख्याति प्राप्त कलाकारहरूका प्रस्तुति रहने कार्यक्रम रहेको समेत संयोजक थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस