फ्रेण्ड्सको प्रशिक्षक उर्जन श्रेष्ठ नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फ्रेण्ड्सको प्रशिक्षक उर्जन श्रेष्ठ नियुक्त


२५ माघ २०७९, बुधबार


काठमाडौँ । ए डिभिजनको फ्रेण्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । शहीद स्मारक ए डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले थ्री स्टारका पूर्व प्रशिक्षक उर्जनलाई नयाँ सिजनका लागि क्लबमा भित्र्याएको हो ।

यसअघि उर्जनले ए डिभिजन लिगमा थ्री स्टारलाई प्रशिक्षण दिएका थिए । थ्री स्टारले भने नयाँ सिजनका लागि मेघराज केसीलाई नियुक्त गरिसकेको छ ।

उर्जनले साफ यु–१७ च्याम्पियनसिपमा नेपाली यु–१७ राष्ट्रिय टिम सम्हालेका थिए । फागुन १९ गतेदेखि सुरु हुनेछ ए डिभिजन लिगमा फ्रेण्ड्सले उद्घाटन खेलमै नवप्रवेशी एफसी खुमलटारसँग खेल्नेछ ।

गत सिजन फ्रेण्ड्सले मृगेन्द्र मिश्रको प्रशिक्षणमा ए डिभिजन लिग खेलेको थियो । फ्रेण्ड्सले नयाँ सिजनको लागि खेलाडी अनुबन्ध गर्ने र नवीकरण गर्ने काम तिव्र पारिरहेको छ ।

फ्रेण्ड्सले विशाल सुनार, राजेश परिवार, रुपेश केसी, डोना थापा, अमिता तामाङ जस्ता खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।यस्तै असिम भुसाल, श्यामबाबु क्याप्छाकी, आरोन थापा, प्रेम भण्डारीको सम्झौता नवीकरण गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस