सर्‍यो सुदूरपश्चिम प्रदेश सभा बैठक « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सर्‍यो सुदूरपश्चिम प्रदेश सभा बैठक


२५ माघ २०७९, बुधबार


काठमाडौँ । आज बिहान ११ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक सरेको छ।

प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची छ।

मुख्यमन्त्री रावललाई आज नेकपा माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिए भने मात्र यो सरकारले निरन्तरता पाउँछ।

प्रतिपक्षमा नेपाली काँग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्।

सुदूरपश्चिम सरकार गठनमा मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले भने मुख्यमन्त्रीलाई आज विश्वासको मत नदिने बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस