स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेती दिए राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेती दिए राजीनामा


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् ।

उनले मङ्गलवार स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् । 

पूर्व स्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

सहज र गुणस्तरीय सेवा दिन नसक्दा पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्त्वाकाङ्क्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको छ ।

विसं २०७२ साल देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् झन् सेवा फितलोको कारण असफलको बाटोमा जाँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस