देउवाविरुद्ध सर्वोच्चमा रिट, भोलि सुनुवाइ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देउवाविरुद्ध सर्वोच्चमा रिट, भोलि सुनुवाइ


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिट दर्ता भएको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध रिट निवेदन दिएका हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । आदेशअनुसार आज रिट निवेदन दर्ता भएको हो । भोलि माघ २५ गते पेसी तोकिएको छ ।

यसअघि सर्वोच्चका रजिस्टारले उक्त रिट दरपिठ गरेका थिए ।

सम्बन्धित समाचार : काँग्रेसका सभापति देउवाविरुद्ध परेको रिट दरपिठ

Tags :
प्रतिक्रिया दिनुहोस