काँग्रेसका सभापति देउवाविरुद्ध परेको रिट दरपिठ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसका सभापति देउवाविरुद्ध परेको रिट दरपिठ


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दिनबाट काँग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेल सर्वोच्च पुगेका थिए ।

उनले काँग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका रूपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परमादेश दिनुपर्ने माग गरेका थिए ।

तर सर्वोच्च अदालतका रजिस्टार नारायणप्रसाद पन्थीले उनको रिट दरपिठ गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस