जुम्लामा घरमा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जुम्लामा घरमा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ नगरपालिका वडा नम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगलागी हुँदा १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।

आइतबार राति करिव साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरुपमा क्षति भएको छ ।

प्रहरीका अनुसार तीन तले घरमा ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् ।

घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ । ढुङ्गा र काठले बनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।

आगलागीबाट भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस