रासायनिक मल किन्न १५ अर्ब स्रोत सुनिश्चितता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रासायनिक मल किन्न १५ अर्ब स्रोत सुनिश्चितता


२३ माघ २०७९, सोमबार


काठमाडौँ । सरकारले आगामी वर्षका लागि रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न १५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि करिब ३ लाख मेट्रिकटन रासायनिक मल खरिदका लागि सरकारले बजेट सुनिश्चित गरेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए ।

समयमै मल खरिदका लागि प्रक्रिया सुरु गर्न माग गरिएको रकमको स्रोत सुनिश्चितता भएको उनले बताए । उक्त रकमको मल खरिदका लागि अब मन्त्रालय मातहतका निकायले प्रक्रिया थाल्ने उनले बताए । यो रकम आगामी बजेट मार्फत सरकारले मल खरिदका लागि विनियोजन गर्नेछ ।

यस्तै आगामी असारका लागि आवश्यक पर्ने रासायनिक मलका लागि थप ७ अर्ब ७३ करोड बराबरको रकम आवश्यक भएको पनि मन्त्रालयले जनाएको छ । हाल आयात प्रक्रियामा रहेको मलले नपुग्ने भएपछि थप रकमको आवश्यकता भएको र त्यसका लागि मन्त्रालयको आन्तरिक स्रोत र अर्थबाट रकम माग भएको मन्त्रालयले जनाएको छ । सो रकमको स्रोतबारे अर्थबाट निर्णय हुनै बाँकी रहेको र मन्त्रालयले भने आन्तरिक स्रोत सङ्कलन गरिरहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस