काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको छलफल सकिएको छ ।
प्रधानमन्त्री प्रचण्डको आह्वानमा शीर्ष तीन नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल भएको हो ।
समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
शीर्ष नेताबीचको छलफललगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।