२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ।

यस्तै ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अङ्कले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ। कूल ३९ लाख २२ हजार दुई सय १६ कित्ता शेयर एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ मूल्यमा कारोबार भयो।

कारोबारका आधारमा एनआइसी एसिया बैङ्क शीर्ष स्थानमा छ। सो बैङ्कको छ करोड ४५ लाख ७३ हजार बराबरको कारोबार भयो। यस्तै युनिभर्सल पावर कम्पनी र पाँच करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स चार करोड ८९ लाख ६० हजार नौ सय ३२, हिमालयन डिस्टिलरी चार करोड ७७ लाख सात हजार पाँच सय एक र आशा लघुवित्त चार करोड तीन लाख ७३ हजार नौ सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। माहुली लघुवित्त पाँच दशमलव ५१, युनिभर्सल पावर चार दशमलव ९९, सिभिल लघुवित्त चार दशमलव शून्य पाँच र सर्पोट माइक्रो फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८४ प्रतिशतले कमाएका छन्।

यस्तै लक्ष्मी बैङ्कको ऋणपत्र नौ दशमलव ५८, वाराही हाइड्रोपावर चार दशमलव ६७, मिथिला लघुवित्त तीन दशमलव ८५, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक तीन दशमलव ७५ र आरबिबी म्युचुअल फण्ड एकका लगानीकर्ताले तीन दशमलव ४३ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस