अध्यादेश ल्याउन जानीजानी संसद् अधिवेशन अन्त्य गर्नु हुँदैन : सुवास नेम्वाङ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अध्यादेश ल्याउन जानीजानी संसद् अधिवेशन अन्त्य गर्नु हुँदैन : सुवास नेम्वाङ


२३ माघ २०७९, सोमबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् ।

कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद् अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क समेत गरेका हुन् । तर विगतका सरकारहरूले पार्लियामेन्टमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उनको निष्कर्ष थियो ।

सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले हरेक लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नपरोस् भन्ने सोच राख्नुपर्ने स्पष्ट पारे ।

उपाध्यक्ष नेम्वाङले संसद्लाई बन्द गरिदिने अनि अध्यादेश ल्याउने सजिलो बाटो सरकारले खोज्न नहुने पटक पटक दोहोर्‍याए ।

संसद्लाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै त्यस्तो काम गर्न नमिल्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने उनले औँल्याए । उपाध्यक्ष नेम्वाङले संविधानमा त्रुटि देखाएर गल्ती आफूले गर्ने काम सरकारले नगर्न नमिल्ने पनि बताए ।

भारतीय संविधान निर्माता अम्बेडकरको भनाई उद्धृत गर्दै उनले गल्ती, कमीकमजोरीहरू आफूमा राखेर संविधानमा त्रुटि देखाउने काम सरकारले गर्न नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस