अधिकृत नहुँदा जिल्ला प्रशासनको काम प्रभावित  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अधिकृत नहुँदा जिल्ला प्रशासनको काम प्रभावित 


२३ माघ २०७९, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रशासकीय अधिकृत नहुँदा काम प्रभावित भएको छ । सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा दरबन्दी अनुसार अधिकृत नहुँदा कामकाज प्रभावित भएको हो । 

तीन जना प्रशासकीय अधिकृतको दरबन्दी रहेकोमा अहिले १ जना मात्रै अधिकृत कार्यरत रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनले भने, ‘तीन जनाको दरबन्दी हो, अहिले १ जना मात्रै हुनुहुन्छ ।’ उनले थपे,‘१ जना केही दिन अगाडी रमना लिएर जानुभयो, १ जनाको भरमा कामकाज चलिरहेको छ ।’

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार लामो समयदेखी दरबन्दी खाली छ । 

Tags :
प्रतिक्रिया दिनुहोस