आइजिपी सिंह युएई प्रस्थान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आइजिपी सिंह युएई प्रस्थान


२३ माघ २०७९, सोमबार


काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह युएईको अबुधावी प्रस्थान गरेका छन् ।

इन्टरपोलको २४ औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह त्यसतर्फ लागेका हुन् ।

इन्टरपोलको क्षेत्रीय सम्मेलन माघ २४ देखि २६ सम्म सञ्चालन हुँदैछ । सिंहसँगै इन्टरपोल शाखाका एसपी अनुपम शमशेर जबरा पनि त्यसतर्फ लागेका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् ।

सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस