मोटरसाइकल पल्टिँदा चालकको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मोटरसाइकल पल्टिँदा चालकको मृत्यु


२३ माघ २०७९, सोमबार


काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिकै मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।

सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय किरण लामा घिसिङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा चन्द्रपुर अस्पतालमा आइतबार बेलुकी सवा ८ बजे मृत्यु भएको हो ।

सर्लाहीबाट निजगढ जाँदै गरेको मधेस प्रदेश–०४-००१ प ३५५७ नम्बरको मोटरसाइकल साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटले जानकारी दिएको छ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा गए राति मोटरसाइकल बिजुलीको पोलमा ठोकिदा २ जना घाइते भएका छन्।

चालक धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३० वर्षीय आदर्श कटुवाल र पछाडि सवार महालक्ष्मी नगरपालिका ९ का २१ वर्षीय आयुस थापा घाइते भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस