सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२३ माघ २०७९, सोमबार


काठमाडौँ । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा २ हजार रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार मूल्य बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि हिजो जस्तै तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस