टर्कीको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

टर्कीको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प


२३ माघ २०७९, सोमबार


अनकारा । सिरियाको सिमानासँग जोडिएको टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसको प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव ८ मापन गरिएको छ ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नतुर्दा थियो। यो क्षेत्र गाजिएनटेप नजिकै छ। गाजिएनटेपको लगभग २० लाख जनसङ्ख्या छ, जसमध्ये धेरै सिरियाली शरणार्थीहरू छन्। भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेसलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले ७.७ म्याग्निच्युडको भूकम्प गएको बताएको छ । जीएफजीका अनुसार भूकम्पको केन्द्र विन्दु जमिनबाट १० किलोमिटर तल थियो ।

समाचार एजेन्सी एएफपीले यसलाई ७.९ म्याग्निच्युडको भूकम्पको रूपमा वर्णन गरेको छ। टर्कीको सरकारी सञ्चार माध्यम टीआरटीका अनुसार भूकम्पपछि मानिसहरु घरबाट बाहिर निस्केर सडकमा भेला भएका छन् । एक जना प्रत्यक्षदर्शीले रोयटर्सलाई भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस