प्रधानमन्त्रीले बोलाए सबै दलका नेता तथा प्रमुख सचेतक  « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

प्रधानमन्त्रीले बोलाए सबै दलका नेता तथा प्रमुख सचेतक 


२२ माघ २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख सचेतकलाई बालुवाटार बोलाएका छन्। 

सदनलाई दिनुपर्ने बिजनेसबारे छलफल गर्न प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई निमन्त्रणा गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए। उनकाअनुसार सोमबार बिहान ९ बजे दलका नेता तथा सचेतकहरूको उपस्थितिमा बिजनेस तय गरिनेछ। 

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद्को बिजनेस तय गर्न बालुवाटारबाट बोलावट भएको बताए। सरकारले न्यूनतम साझा कार्यक्रममा यही अधिवेशनभित्र एक दर्जन कानुन बनाउने उल्लेख गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस