सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही : अर्थ सचिव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही : अर्थ सचिव


२२ माघ २०७९, आइतबार


काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोयम रायाले सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही रहेको धारणा व्यक्त गरेका छन् । 

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा रेभेन्यू मोड्यूल सञ्चालनको समुद्घाटनमा बोल्दै उनले यस्तो बताएका छन् ।

सञ्चालनमा रहेका प्रणालीहरूको निरन्तरताको लागि स्रोतको सुनिश्चितता एवम् सञ्चित कोष व्यवस्थापन प्रणालीका सम्बन्धमा प्रकाश पार्दै सचिव रायाले सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सही रहेको धारणा व्यक्त गरेका हुन् ।  

हाल महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेका प्रणालीहरूको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि अर्थ मन्त्रालयबाट सदाझैँ सहयोग प्राप्त हुने धारणा व्यक्त गरे ।

सो कार्यक्रममा ८१  वटा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरू तथा धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारीहरूको विद्युतीय अनलाइनका माध्यमबाट सहभागिता रहेको थियो। आजबाट प्रारम्भ भएको रेभेन्यू मोड्यूल प्रणाली धुलिखेल नगरपालिकामा पूर्णरूपमा सञ्चालनमा आएको र अन्य स्थानीय तहहरूमा क्रमशः लागू गर्दै जाने लक्ष्य लिइएको छ ।छ ।

Tags :
प्रतिक्रिया दिनुहोस