बढ्यो गुलाबको आयात  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बढ्यो गुलाबको आयात 


२२ माघ २०७९, आइतबार


काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालमा १४ लाख ३३ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्य बराबरको गुलाबको फूल आयात भएको हो । यस अवधिमा नेपालमा १० हजार ८ सय वटाभन्दा बढी गुलाबको फूल आयात भएको छ ।

यसबापत राज्यले १ लाख ४० हजार भन्सार राजश्व सङ्कलन गरेको छ । यस्तै, गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ लाख ५८ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको थियो । 

यसअनुसार, गत वर्षको तुलनामा चालू वर्षको ६ महिनामा गुलाबको फूलको आयात बढेको देखिन्छ । भ्यालेन्टाइन सप्ताह नजिकिएसँगै गुलाबको फूलको आयात बढ्ने देखिन्छ । पुस महिनासम्मको अवधिमा साढे १४ लाख रुपैयाँ बराबरको गुलाबको फूल आयात भएपनि माघ महिनासम्म यो आयात झनै बढ्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस