मेलम्चीको पानी बाह्रै महिना पाउने व्यवस्था गर्न माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेलम्चीको पानी बाह्रै महिना पाउने व्यवस्था गर्न माग


२२ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भएपनि त्यसबाट काठमाडौँबासीले बाह्रै महिना पानी खान पाउने अवस्था नरहेको भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले मेलम्चीको खानेपानी बाह्रै महिना वितरण हुने संयन्त्र विकास गर्न माग गरे । उनले खानेपानी आयोजनामा काम गर्ने श्रमिकले साउनदेखि तलब नपाएको भन्दै उनीहरूलाई समयमै तलब दिन र खानेपानी वितरणलाई व्यवस्थित गर्न समेत माग गरे ।

‘ काठमाडौँबासीले दुई दशकभन्दा लामो समय पर्खिएर मेलम्चीको पानी बल्ल–बल्ल चाख्न पाएका छन् । बर्सातको समयमा बन्द हुने, वर्षा सकिएपछि मात्रै फेरि पानी वितरण हुने कारणले गर्दाखेरि बाह्रै महिना खानेपानीको सुविधा नहुने अवस्था छ,’ उनले भने, ‘बाह्रै महिना खानेपानीको बन्दोबस्त गर्न आवश्यक कदम चाल्नका लागि म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस