यस्तो छ आजको मौसम ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यस्तो छ आजको मौसम !


२२ माघ २०७९, आइतबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ।

यस्तै प्रदेश १ को उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातसमेत हुने सम्भावना छ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना छ। तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

यस्तै आइतबार र सोमबार प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हिमपात हुने र हुस्सु लाग्ने स्थानको जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस