छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु


२१ माघ २०७९, शनिबार


काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

ललितपुर, ललितपुर महानगरपालिका-४ सानेपा पट्टीपा चोकमा हाल अल्फाबेट नखुलेको गाडीको ठक्करबाट पैदल यात्री रामेछाप मथली नगरपालिका-५ सुनार पानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको शुक्रबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने गाडीको प्रहरीले खोजी गरिरहेको छ।

दैलेख, आठ बिस नगरपालिका-३ जाक्सीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ख ३५१८ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय तिल बहादुर माझिको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

बाँके, कोहलपुर नगरपालिका-३ मदनचोकस्थित सडकमा रा.१ क १३५६ नम्बरको ट्रकले भे.७ प ८४३१ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटर चालक कोहलपुर नगरपालिका-११ बस्ने ३० वर्षीय जय प्रकाश घर्तीको घटनास्थलमै मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाल्पा, बगनासकाली गाउँपालिका-९ गुनठाँटीस्थित सडकमा लु.२ त ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प ७५७१ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार तानसेन नगरपालिका-१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी पाल्पा, तिनाउ गाउँपालिका-५ चौबिस माईलस्थित सडकमा लु.२९ प ३२९७ नम्बरको मोटरसाइकललाई ग.२ ख ८४३ नम्बरको ट्रकले शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भई हाल स्याङ्जा वालिङ नगरपालिका-८ बस्ने ३७ वर्षीय विनय चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकमा ना.१ क ४९५१ नम्बरको स्कुल बसले बिआर ०६ पि बि ३५१३ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक कबिलासी नगरपालिका-९ बस्ने १८ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस