२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ

अ+ अ-

गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।

भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले शनिबार पत्रकार सम्मेलन गरी अधिकारी दम्पतीलाई सार्वजनिक गरेको छ । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।

टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो ।

गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरू दुवैले हत्या गरेको स्वीकार गरेका छन् ।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत गुल्मीसँग अनुमति लिने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस