एमालेले राष्ट्रपति खल्तीबाट निकाले त्यो पात्र होइन आदेश पालक हुन्छ : गगन थापा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

एमालेले राष्ट्रपति खल्तीबाट निकाले त्यो पात्र होइन आदेश पालक हुन्छ : गगन थापा


२१ माघ २०७९, शनिबार


बारा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा बनाउने उम्मेदवार सरकारको आदेश पालक मात्र हुन सक्ने आशङ्का गरेका छन् ।

शनिबार बारामा नेपाल प्रेस युनियनको मधेस प्रदेशको पहिलो अधिवेशनमा बोल्दै उनले अहिलेको राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाए ।

उनले भने, ‘राष्ट्रपतिले अहिले जसरी संविधान अनुसार अभ्यास गरिरहनुभएको छैन । फेरि एमालेले खल्तीबाट निकाले त्यो पात्र राष्ट्रपति होइन आदेश पालक हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस