देश माओवादी आन्दोलनको मुद्दा वरिपरि नै छ : प्रधानमन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देश माओवादी आन्दोलनको मुद्दा वरिपरि नै छ : प्रधानमन्त्री


२१ माघ २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले माओवादी आन्दोलनको मुद्दाको वरिपरि रहेको बताएका छन् ।

आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनले जित हासिल गरेको बताएका हुन् ।

‘सिङ्गो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ । हाम्रो आन्दोलनको विजय भएको छ’ प्रचण्डले भने, ‘तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रूपान्तरणका लागि जे जस्तो सङ्घर्ष र त्याग गर्‍यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्बोधन हुन सम्भव थिएन ।’

प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनकै कारण महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख बनेको पनि बताए ।

‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ । यो अधिकार हाम्रै सङ्घर्षको परिणाम हो’ उनले भने ‘‘कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन । जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस