नेपाल बङ्गलादेशसँग पराजित  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाल बङ्गलादेशसँग पराजित 


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । साफ यू-२० महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टिम बङ्गलादेशसँग ३-१ ले पराजित भएको छ । 

बङ्गलादेशको सिपाही मुस्तफा कमल रङ्गशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन अक्लिमा खातुन, कप्तान सामसुनहर, सहिदा अख्तर रिपाले गोल गरे । नेपालकी मनमाया दमाईले एक गोल फर्काएकी थिइन् । 

खेलको दोस्रो मिनेटमा नै खातुनको गोलबाट बङ्गलादेशले अग्रता बनाएको थियो । १३ औँ मिनेटमा सामसुनहरले गोल गर्दै बङ्गलादेशको अग्रता दोब्बर पारिन् । 

२४ औँ मिनेटमा मनमायाले गोल गर्दै अग्रतालाई २-१ मा झारेकी थिइन् । तर इन्जुरी समयमा रिपाले गोल गरेपछि बङ्गलादेशले ३-१ को जित पक्का गर्‍यो ।

आजै भएको पहिलो खेलमा भारतले भुटानमाथि १२-० को फराकिलो जित निकालेको थियो । 

प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश गरी चार टिमको सहभागिता छ । राउन्ड रोबिन पद्धतिमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस