गृहका थप पाँच सहसचिवको जिम्मेवारी हेरफेर, गोरखाको सिडिओमा भुसाल   « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहका थप पाँच सहसचिवको जिम्मेवारी हेरफेर, गोरखाको सिडिओमा भुसाल  


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले पाँच सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले केही दिन सरुवा भएर आएका सहसचिवहरूको जिम्मेवारी बाँडफाँड गरेको हो । 

प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी जितेन्द्र बस्नेतलाई दिइएको छ । सहसचिव फणिन्द्रमणी पोखरेललाई आन्तरिक व्यवस्थापन महाशाखामा सारेर बस्नेतलाई सुरक्षामा राखिएको हो ।

यसैगरी सहसचिव केदारनाथ शर्मा प्रशासन महाशाखा प्रमुख, रुद्र पण्डितलाई राष्ट्रिय पञ्जिकरण तथा परिचय पत्र विभागको महानिर्देशक र दिनेश सागर भुसाललाई गोरखाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । 

नयाँ जिम्मेवारी पाउने सहसचिवहरूमध्ये बस्नेत, शर्मा, पण्डित र भुसाल गत सोमबार मात्रै गृह मन्त्रालयमा सरुवा भएका थिए । 

सम्बन्धित समाचार : २६ सहसचिवको सरुवा (नामावलीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस