मधेस प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मधेस प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तारको तयारी गरेको छ । नवनियुक्त मन्त्रीहरूलाई आजै ४ बजे शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयमा  भइरहेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत र नेकपा माओवादी केन्द्रलाई ७ मन्त्रालय भागबण्डा गर्ने गरी मन्त्रीमण्डल विस्तारको तयारी गरेका हुन् ।

जसपाबाट मन्त्रीको लागि जसपाबाट सुरिता साह, सिंहासन सिंह कलवार, प्रमोद जयसवालको नाम चर्चामा छ ।

यस्तै एमालेबाट राजकुमार लेखी, शारदा थापाको नाम चर्चामा छ भने माओवादी केन्द्रबाट भरतप्रसाद साह र सुनिता यादवको नाम अगाडि छ ।

यस्तै जनमतबाट महेश यादवको नाम मन्त्री बन्ने चर्चामा छ । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका जसपा संसदीय दलको नेता सरोजकुमार यादव २९ गते तीनसदस्य बिना विभागीय मन्त्री मण्डल गठन गरेका थिए ।

पछि उनले बिना विभागीय मन्त्री जसपाका सञ्जयकुमार यादवलाई अर्थ मन्त्री, नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र जनमतका वसन्त कुशवाहालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस