नगर प्रहरी प्रमुख पाण्डेले हिंसा नगरेको छानबिन समितिको ठहर « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

नगर प्रहरी प्रमुख पाण्डेले हिंसा नगरेको छानबिन समितिको ठहर


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ। 

गत शुक्रबार छानबिन समितिले प्रतिवेदन बुझाएको काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुख दीपक अधिकारीले जानकारी दिए। 

उनका अनुसार छानबिन समितिले २० पेजको प्रतिवेदन बुझाएको छ।   

प्रतिवेदनले महिला कर्मचारीको हकमा स्तनपान कक्ष र महानगरमा कार्यरत कर्मचारीका बच्चाका लागि डे-केयर सेन्टरको व्यवस्थापन गर्न समितिको प्रतिवेदनले सुझाएको छ। 

यस्तै उक्त प्रतिवेदनमा पाण्डेलाई फेरि यस्तो नहोस् भनेर चेतावनी दिन समेत उल्लेख गरिएको छ। महानगरले पुस २२ गते दुई साता म्याद थप गरेको थियो। त्यसपछि माघ ७ गते फेरि एक साता म्याद थप गरेको हो। 

महानगरले पुस ८ गते छानबिन समिति गठन गरेको थियो र समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो।

उक्त छानबिन समितिको संयोजकमा गोपालप्रसाद पोखरेल, न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य थिए।

Tags :
प्रतिक्रिया दिनुहोस