अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ : रन्जिता श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ : रन्जिता श्रेष्ठ


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो सङ्केत गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ ।’

नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलगायतको रिहाइको माग गर्दै आएको छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको उक्त पार्टीले रेशम चौधरीलगायतलाई रिहा नगरेसम्म सरकारमा सहभागी नहुने अडान लिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस