नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउन आवश्यक : अर्थमन्त्री पौडेल « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउन आवश्यक : अर्थमन्त्री पौडेल


१८ माघ २०७९, बुधबार


काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र आर्थिक वर्षको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताएका छन्।

आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले बुधबार काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम सुरु भइसकेको र सरकारले नीतिगत फड्कोलाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने बताए।

सरकारले अहिले चालु खर्च कटौतीको नीति लिएको र यो पर्याप्त नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ।

बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलन पनि सरकारले लक्ष्य भेट्टाउन नसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसको पनि गम्भीर समीक्षा गर्ने बताए।

त्यस्तै आगामी आर्थिक वर्षको बजेटमा पूर्वतयारी सकिएका आयोजनालाई मात्रै प्राथमिकता दिने पनि पौडेलले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस