प्रतिकुल बकपत्र गरेको आरोपमा साक्षीविरुद्ध मुद्दा  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिकुल बकपत्र गरेको आरोपमा साक्षीविरुद्ध मुद्दा 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर भ्रष्टाचार गरेको मुद्दामा प्रतिकुल बकपत्र गरेको आरोपमा साक्षी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

बुधवार भावना महतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

मालपोत कार्यालय ताप्लेजुङका तत्कालीन अधिकृत लेखा पनेरु महतको मुद्दामा भावनाले अख्तियारमा गरेको बयानको प्रतिकुल हुने गरी बकपत्र गरेको आरोप छ ।

आयोगले १ लाख ५० हजार सहित लेखा पनेरु महतलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । घुस बापतको रकम भावनाले राखिदिएको आयोगले गरेको अनुसन्धानबाट थाहा भएको छ । 

सुरुवाती मुद्दामा भावनालाई सजाय छुट दिएर मुद्दा अघि बढाए पनि प्रतिकूल बकपत्र दिएपछि उनी विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए । आयोगले भावनासँग पनि १ लाख ५० हजार बिगो मागदावी लिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस