रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागी लोक सेवालाई मन्त्रीको पत्र  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रिक्त दरबन्दीमा कर्मचारी भर्नाका लागी लोक सेवालाई मन्त्रीको पत्र 


१८ माघ २०७९, बुधबार


काठमाडौँ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मन्त्रालय सम्हालेलगतै काममा तीव्रता दिएका छन् । शुक्रवार पदभार ग्रहण गरेका मन्त्री कुशवाहाले मङ्गलवारसम्म प्रक्रियागत विभिन्न कामलाई अगाडि बढाएका छन् ।

इन्जिनियरसमेत रहेको मन्त्री कुसवाहाले मन्त्रालय मातहतमा खाली रहेको १ सय २२ वटा दरबन्दीमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगलाई लेखेर पठाएका छन् । त्यसैगरी मधेस प्रदेशमा मल खादको आवश्यकताबारे अध्ययन र मौजुदा रहेको मल खादबारे जानकारी लिएका छन् । मल खादको आपूर्ति सहज गर्नका लागि उनले प्रक्रिया थालेको बताएका छन् ।

यसैगरी, मन्त्री कुशवाहाले किसानहरूको सुविधाका लागि किसान कार्ड वितरणको तयारी थालेका छन् । जसका लागि प्रत्येक पालिका स्तरमा स्वयंसेवक परिचालन गर्ने उनले जानकारी दिएका छन् ।

किसान कार्ड वितरण भए किसानहरूलाई अन्य सहुलियतका कामहरू गर्न सहज हुने भन्दै मन्त्री कुशवाहाले प्रक्रिया अगाडि बढाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस