२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला टि–२० क्रिकेट : देहिमाडौँ च्याम्पियन

अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगर स्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–२ देहिमाडौँले हात पारेको छ ।

मङ्गलवार सम्पन्न फाइनल खेलमा दनपा–८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको हो ।

उपाधिसँगै देहिमाडौँले २५ हजार, ट्रफी, मेडल प्राप्त गर्‍यो । त्रिपुराले १५ हजार, ट्रफी, मेडलमा चित्त बुझायो । जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहिमाडौँले सात दशमलव पाँच ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो ।

कप्तान पिङ्की बोहराले अविजित २०, मनीषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनी एक–एक विकेट लिइन् ।

त्यसअघि निंग्लाशैनी खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुराले १४ दशमलव तीन ओभरमा ५९ रन बनाउँदै सबै विकेट गुमायो । उसका लागि माया टमटाले १० रन बनाइन् ।

देहिमाडौँका लागि निर्मला बोहरा, आरती बोहरा, वसन्ती बोहराले तीन–तीन विकेट हात पारिन् । देहिमाडौँकी वसन्ती बोहरा वुमन अफ दी फाइनल घोषित भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् ।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ४९ रन र पाँच विकेट हात पारेकी देहिमाडौँकी कप्तान पिङ्की बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिइन् ।

उनले तीन हजार पुरस्कार पाइन् । यस्तै १० विकेट लिएकी देहिमाडौँकी वसन्ती बोहरा उत्कृष्ट बलर र एक सय ४९ रन बनाएकी देहिमाडौँकी पिङ्की बोहरा उत्कृष्ट ब्याटर चुनिइन् ।

दुवैले जनही एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा–९ ग्वाल्लेकको टोली अनुशासित टोली बन्यो । दनपा–१० बाराकोटकी पियान्सी चन्द उदीयमान खेलाडी घोषित भइन् ।

सहिद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा नगरका सात टोली सहभागी थिए । यस्तै समापन समारोहमा दशरथचन्द नगरपालिकाका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदर पत्रसहित सम्मान गरिएको प्रतियोगिता संयोजक वीरसिंह बोहराले बताए ।

यहाँबाट अन्तर्राष्ट्रिय खेल खेलिससेका रितु कनौजिया, अञ्जली चन्द, द्रोपती कुँवर, रेखा रावल र जानकी भट्टलाई सम्मान गरिएको हो ।

समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले खेलकुद क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेर खेलकुदलाई प्राथमिकतामा राखिएको र खेलाडीको क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस