पश्चिम नवलपरासीबाट भन्सार छलेर ल्याएको १३३ बोरा गहुँ बरामद « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पश्चिम नवलपरासीबाट भन्सार छलेर ल्याएको १३३ बोरा गहुँ बरामद


१८ माघ २०७९, बुधबार


नवलपरासी । नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिका-५ बसहियाबाट प्रहरीले भन्सार छलेर ल्याएको गहुँ बरामद गरेको छ ।

स्थानीय कैलाश हजामको घरमा लुकाएर राखेको १३३ बोरा गहुँ बरामद गरिएको नवलपरासी पश्चिमका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

भन्सार छलेर अवैध रूपमा सो गहुँ भारतबाट ल्याएको प्रहरीको आरोप छ ।

करिब २ लाख मूल्य पर्ने ६ टन ६ क्विन्टल गहुँ महेशपुर भन्सार कार्यालयमा बुझाइने डिएसपी पाण्डेयले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस