सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको छ । 

उच्च अदालतको आदेशविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सह-न्यायाधिवक्ता) सञ्जीवराज रेग्मीले बताए ।

महान्यायाधिवक्ताको कार्यालयले फौजदारी कार्यविधि संहिता-२०७४ को दफा ७३ अनुसार बेरितको आदेश बदर गर्न माग गरेको छ । 

उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा ७३ नम्बरको निवेदन दर्ता गरिएको रेग्मीले बताए । यसअघि उच्च सरकारी वकिलको कार्यालयले सर्वोच्चमा जानुपर्ने राय महान्यायाधिवक्ताको कार्यालयलाई दिएको थियो ।

पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्त सहित उनलाई रिहा गर्न आदेश दिएका थिए । 

उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस