बार एसोसिएसन डडेल्धुराका उपाध्यक्ष रोकायाको निधन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बार एसोसिएसन डडेल्धुराका उपाध्यक्ष रोकायाको निधन


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । नेपाल बार एसोसिएसन डडेल्धुराका उपाध्यक्ष अधिवक्ता नरेन्द्र रोकायाको निधन भएको छ। बझाङ घर भई लामो समयदेखि डडेल्धुरालाई कर्मथलो बनाएर कार्यरत अधिवक्ता रोकायाको मङ्गलवार बिहान निधन भएको हो।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। रोकाया कानूनी सहायता समितिमा पनि कार्यरत थिए। उनी प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपालका केन्द्रीय सदस्य हुन्।

रोकाया नेपाल पत्रकार महासङ्घ डडेल्धुराका पूर्व साधारण सदस्य र पूर्व केन्द्रीय सभासद् पनि हुन्। यसैबीच, नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाले रोकायाको निधनप्रति दुःख व्यक्ति गरेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस