नेपालले पिउने पानी निर्यात गर्नुपर्छ : खानेपानी मन्त्री खान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालले पिउने पानी निर्यात गर्नुपर्छ : खानेपानी मन्त्री खान


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले नेपालले पिउने पानी निर्यात गर्नुपर्ने बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निरीक्षणका क्रममा उक्त कुरा बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थ जसरी आयात हुन्छ त्यसैगरी जलश्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालले पानी निर्यात गरी देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने धारणा राखेका थिए । 

एक घर एक धाराको अवधारणा अवलम्बन गरेको बर्दघाट खानेपानीको उद्देश्यको सराहना गर्दै मन्त्री खानले शुद्ध पिउने पानीबाट कोही पनि वञ्चित हुननहुने बताउँदै क्रमशः शुद्ध पिउने पानीको पहुँच देशका सबै जनतामा पुर्‍याउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस