२२ जना अनुसन्धान अधिकृतको बढुवा [नामावलीसहित] « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

२२ जना अनुसन्धान अधिकृतको बढुवा [नामावलीसहित]


१७ माघ २०७९, मंगलबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका २२ जना अनुसन्धान अधिकृतहरू प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् ।

बढुवा सिफारिस समितिले माघ ११ मा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिस अनुसार मेघराज कँडेल एक नम्बरमा बढुवा भएका छन् ।

यस्तै क्रमशः रुद्रबहादुर गुर्मछान मगर, अशोक पौडेल, तिलकबहादुर केसी, नारायण शर्मा, लोकराज जोशी, नित्यानन्द ढुङ्गाना, केशवराज सुवेदी छन् ।

बढुवा समितिका अनुसार दीपक केसी, सविना राई, पूजा बेल्वासे, समिता गिरी, मदन पौडेल, गोविन्द प्रसाद पाण्डेय, सरोज कुमार तिवारी, चिरन कोइराला, द्रोणबहादुर बुढाथोकी, धर्मकान्त चौधरी, विष्णुहरि पण्डित, सत्यनारायण रावत, कुशल थापा मगर र झनकराज शर्माको बढुवा गरिएको छ ।

बढुवा सूचीको आठौँ नम्बर सम्मका अधिकृतहरू २०७१ र २०७२ मा इन्स्पेक्टरमा बढुवा भएकाहरू छन् । सूचीको नवौँ नम्बरमा रहेका दीपक केसी सहितका अधिकृतहरू २०७३ मा अनुसन्धान अधिकृत (इन्स्पेक्टर) मा भर्ना भएका हुन् । २०७३ साउन ११ मा नियुक्त भएका अधिकृतहरू बढुवा भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस