नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी-२० लिग विवादमा छलफल हुनेछ ।

बैठकमा नेपाल टी-२० लिग प्रतियोगितामा भएको खर्च विवरण, सीआईबीले दिएको जानकारी र राखेपबाट गठन गरिएको छानबिन कार्यदलको रिपोर्टका आधारमा प्राप्त निर्देशनका विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाका बारेमा निर्णय हुने बताइएको छ । बैठकमा यू-१९ राष्ट्रिय टीमको कप्तान र उपकप्तान मनोनयनका विषयमा पनि छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस